A vertical shot of the black cat in the dark darkness

फेरी साथ देखिदै साम्राज्ञी र धिरज, ‘रुमानी रंग’ मा जोडी पक्का


साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको जोडीलाई चलचित्रमा दर्शकले रुचाए । साम्राज्ञीसंग डेव्यु गरेका धिरज मगर अहिलेका डिमाण्डमा रहेका नायक हुन्। पहिलो चलचित्रमा रुचाईको यो जोडीले दोश्रो सहकार्य गरेका थिएनन् । फरक फरक चलचित्रमा अभिनय गरिरहेका दुवैको चलचित्र यात्रा त्यति सफल हुन् सकिरहेको छैन । तर अब यी दुवै पुन एकपटक चलचित्रमा देखिने भएका छन्।

अनिल योञ्जनको निर्देशनमा तयार हुने चलचित्र ‘रुमानी रंग’ बाट यी दुईले सहकार्य गर्ने भएका हुन्। यो चलचित्रमा साम्राज्ञीको जोडी अभिनेता आर्यन अधिकारीसंग बाँधिएको थियो। तर धिरजको इन्ट्रीपछि उनि चलचित्रबाट बाहिरिएका छन् । हरी लामा ठकुरी र जीएम ठकुरीको लगानी रहेको चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ । रोमान्टिक कमेडी कथामा तयार गर्न लागिएको चलचित्र मार्फत फेरी पर्दामा देखिन लागेको यो जोडीले दर्शकमा कौतुहलता पक्कै थप्नेछ।

प्रतिक्रिया दिनुहोस्