रिलिज मिति तय गर्दै नीति र रेअरको ‘खजुरे ब्रो’ पोष्टर


मोडल नीति शाहको डेव्यु चलचित्र ‘खजुरे ब्रो’ को रिलिज मिति तय भएको छ। रेअर राई र नीति प्रमुख भूमिकामा रहेको चलचित्र आउँदो बर्षको बैशाख २८ बाट रिलिज हुनेछ। चलचित्रको फस्टलुक सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति तय गरेको हो। धरान रन’को १२ औं संस्करणको अवसर पारेर सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका मुख्य ४ पात्रलाई प्रस्तुत गरिएको छ। चलचित्रमा धरानका मेयर हर्क साम्पाङ्गको बिशेष भूमिका रहेको छ।

महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल, बिनिता मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतका कलाकारको अभिनय छ । पारिवारिक व्यङ्ग्यात्मक लाइट कमेडी जनरामा तयार भएको चलचित्रमा सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको छ। दिव्य दृश्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन मानन्धर र सुरज सुनुवारको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्