विराजको ‘१२ गाउँ’ बाट न्यान्सी खड्काको डेव्यु


एक्सन स्टार विराज भट्टको निर्देशनमा तयार हुन् लागेको दोश्रो चलचित्र ‘१२ गाउँ’ मा नायिका फाइनल गरिएको छ। चलचित्रमा अभिनेत्रीको रुपमा न्यान्सी खड्काले काम गर्ने पक्क भएको छ। ‘मिस नेपाल इन्टरनेशनल २०२२’ खड्का व्यवसायिक मोडल हुन्। आफुहरुले खोजेको जस्तो पत्र भेटेको कारण न्यान्सीलाई चलचित्रमा अनुबन्धित भएको विराजले जानकारी दिएका छन्। चलचित्र मार्फत विराज भट्टका छोरा समीर भट्टले डेव्यु गर्दैछन्।

यो चलचित्रको छायांकन चैत्रको १५ गतेबाट सुरु गर्ने तयारी विराजको छ । सन्तोष सरकारको कथा तथा पटकथामा तयार हुने चलचित्रमा विराजको पनि मुख्य भूमिका रहनेछ । विराजले करिअरकै महत्वकांक्षी प्रोजेक्टको रुपमा हेरेको चलचित्रले नेपाली चलचित्र क्षेत्रको एक्सनलाई नयाँ तहमा लैजाने उनको विश्वास रहेको छ। विराजले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘साङ्गलो’ मार्फत मिस नेपाल निकिता चान्दक लाई डेव्यु गराएका थिए।

प्रतिक्रिया दिनुहोस्