‘एक्टर’ मा दिव्या रायमाझीको इन्ट्री, प्रदिप खड्कासंग जोडी बाँधिने


नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेता हुन दिलिप रायमाझी। सुन्दर अभिनय, आकर्षक नृत्यले दर्शकको मन जितेका दिलिपकी छोरी दिव्या रायमाझीको डिमाण्ड यतिबेला नेपाली चलचित्र क्षेत्रमा उच्च रहेको छ । बुबाको पथमा पाईला चाल्न अमेरिका बसिरहेकी दिव्या पनि तयार देखिएकी छिन्। केहि समय अगाडी उनले चलचित्र ‘बरिष्ठ बलराम’ चलचित्रमा सम्झौता गरेकी थिइन् ।

सोचेको समयमा चलचित्र सुटिङ्गमा जान नसकेपछि दिव्याले अर्को चलचित्र सम्झौता गरेकी छिन्। उनको डेव्यु चलचित्र ‘एक्टर’ हुने भएको छ। बिहीबार दिव्याको तर्फबाट आमा मञ्जु रायमाझी र ‘एक्टर’का निर्माता थम्मन कुमार भण्डारीबीच कागजी सम्झौता भएको छ । चलचित्रमा दिव्याको जोडी प्रदिप खड्कासंग बाँधिनेछ। अर्को महिना दिव्या नेपाल आउने तयारीमा रहेकी छिन्। प्रदिप यतिबेला चलचित्र ‘पूजार सार्की’ को सुटिङ्गमा व्यस्त रहेका छन्।

बैशाखमा उनले चलचित्र पिताम्बरलाई समय दिने बुझिएको छ। ‘ऐरी’ उनको पाइपलाइनमा भएको अर्को चलचित्र हो। २०८१ कार्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गर्ने तयारी गरिएको चलचित्रको सुटिङ्ग बैशाख अन्तिमबाट हुने बुझिएको छ। चलचित्रमा अभिनेत्री आना शर्मा र अभिनेता राजबल्लभ कोइरालको पनि मुख्य भूमिका रहनेछ । राजन भुषालको निर्देशनमा यो चलचित्र तयार हुँदैछ।

प्रतिक्रिया दिनुहोस्