A vertical shot of the black cat in the dark darkness

स्वस्तिमा र निश्चलले सुरु गरे ‘बेहुली फ्रम मेघौली’


अभिनेत्रीसंगै अब निर्मात्रीको यात्रा सुरुवात गरेकी स्वस्तिमा खड्काको नयाँ चलचित्र ‘बेहुली फ्रम मेघौली’ को सुटिङ्ग सुरुवात भएको छ। चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै सुटिङ्ग सुरुवात गरिएको चलचित्रमा स्वस्तिमासंगै निश्चल बस्नेत निर्माताको रुपमा रहेका छन्। यो चलचित्रमा दुवैको मुख्य भूमिका रहेको छ।

मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गरिएको चलचित्रको सम्पूर्ण सुटिङ्ग त्यहि गाउँमा गर्ने तयारी गरिएको छ। ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहनेछ। विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको अभिनय रहने चलचित्र २०८१ को दशैंमा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्