जेठ १० मा पूजाको ‘दान्भी’, बक्स अफिसमा अनमोलसंग भिडन्त


अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा प्रस्तुत भएको चलचित्र ‘दान्भी’ ले रिलिज मिति तय गरेको छ। बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेबाट चलचित्र रिलिज हुने भएको छ। रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्रमा कुन्साङ्ग बोमजोन मुख्य अभिनेताको रुपमा रहेका छन्।

देव मगर, अनुप गडाल निर्माता रहेको यो चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । पवन राना मगर चलचित्रको कार्यकारी निर्माताको रुपमा छन् ।
यहि मितिमा अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘फर्की फर्की’ रिलिज हुँदैछ । अनमोल र पूजाको पछिल्लो समय सम्बन्ध खासै राम्रो रहेको छैन। सोहि कारण पनि यो बकस अफिस भिडन्त रोचक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्