काठमाडौँका हलमा पूजा र बेनिशा, शुक्रबार सुखद रेखाको ‘उपहार’


फागुन २५ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ ले सुखद सुरुवात गरेको छ। काठमन्डौका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल लगायतका हल ‘हाउसफूल’ भएका छन् ।

शुक्रबार बिहानदेखि चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल, पूजा शर्मा, अभिनेताद्वय मुकुन भुषाल, समर्पणजंग कार्की लगायतको टिम उपत्यकाका हलमा दर्शकसँग भेटघाटमा व्यस्त छन् । चलचित्रका निर्देशक देउजाका अनुसार देशभरका हलमा दर्शकको अकुपेन्सी राम्रो छ ।

रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, राइडर प्रशान्त लगायतको अभिनय रहेको छ ।

सुलभ प्रतिक र समीक्षा देउजा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता बलराम शाही ठकुरी रहेका छन्। विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत चलचित्रमा रहेको छ।
चलचित्रको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्