प्रदिप खड्का उर्फ पुजार सार्कीका मैत बहादुर


अभिनेता पछिल्लो समय चलचित्र ‘पुजार सार्की’ मा व्यस्त रहेका छन्। कास्कीको कास्कीकोटमा छायांकन भइरहेको चलचित्रमा प्रदिपको लुक्स सार्वजनिक भएको छ। उनको जन्मदिनको अवसर पारेर निर्माण टिमले उनको पात्र नाम पनि सार्वजनिक गरेको छ। चलचित्रमा उनी ‘मैत बहादुर’ क्यारेक्टरमा देखिदैछन्। लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर दमाहा बजाउँदै गरेको गेटअपमा प्रदिप देखिदैछन्।

दिनेश राउतको निर्देशनमा तयार हुँदै गरेको चलचित्रमा आर्यन सिग्देल र पल शाहको पनि मुख्य भूमिका रहेको छ। तीन अभिनेताको कारण पनि चलचित्र चर्चामा रहेको छ ।

अञ्जना बराईली र परिक्षा लिम्बू चलचित्रमा अभिनेत्रीको रुपमा रहेका छन्। चलचित्र जातीय विभेद विरुद्ध तीन पात्रहरूले गर्ने साझा संघर्षको कथामा तयार पारिएको छ । विकास सुवेदीको लेखन रहेको चलचित्रलाई सुभाष भुषालले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्