A vertical shot of the black cat in the dark darkness

‘महाजात्रा’ को विकेन्ड कलेक्सन ४ करोड माथी, चलचित्र हेरेर रविले गरे तारिफ


प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘महाजात्रा’ ले बम्पर ओपनिङ्ग गरेको छ। तीन दिनको विकेन्ड कलेक्सन चलचित्र चार करोड २६ लाख रुपैयाँको ग्रस सार्वजनिक भएको छ। निर्माण टिमले पहिलो दिन १ करोड २३ लाख, दोस्रो दिन १ करोड ८२ लाख र तेस्रो दिन १ करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार भएको आंकडा सार्वजनिक गरेको छ। षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानिया, रविन्द्र झा, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाब्देल, गौमाया गुरुब, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

आइतबार बेलुकी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित चलचित्र हेरेका थिए। ‘महाजात्रा’ को चौतर्फी चर्चासँगै आफू यस शृब्खलाको नियमित दर्शक भएकाले हलसम्म आएको गृहमन्त्री लामिछानेले बताए । ‘मलाई यो शृंखला अघिल्ला दुई चलचित्र नै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो । सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै चलचित्र हेरेको हुँ ।’ चलचित्रको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको भएकाले आफू आकर्षित भएको बताउदै उपप्रधानमन्त्री लामिछानेले राजनीतिज्ञका रुपमा चलचित्र हेरेपछि झनै ऊर्जा थपिएको बताए । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल चलचित्रको निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्