A vertical shot of the black cat in the dark darkness

प्रेमी बिष्णुसंग बैशाखमा एलिनाको विवाह पक्का


गायिका एलिना चौहान ले विवाह गर्ने भएकी छिन्। अष्ट्रेलिया बस्ने प्रेमी बिष्णु सापकोटासंग उनि विवाह बन्धनमा बाँधिन लागेकी हुन्। केहि बर्ष देखिको प्रेम सम्बन्धलाई दुवैले बैशाख ५ गते विवाहको नाम दिने तयारी गरेका हुन्।

एलिना पछिल्लो समय चर्चामा रहेकी गायिका हुन्। दर्जनौ हिट गीतमा स्वर दिएकी एलिना स्टेज कार्यक्रममा पनि उत्तिकै व्यस्त रहेकी छिन्। बाग्लुङ्गका विष्णु गीतकार हुन् । एलिनासंग उनले गीतमा पनि सहकार्य गरेका छन्। केहि समय अगाडी ब्रेकअपको चर्चा दुवैको चलेको थियो । तर त्यो खबरलाई चिर्दै दुवैले एक हुने निर्णय गरेका छन्। झापाबाट नै एलिनाको विवाह सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्