‘रुखान’ मा नीति शाहसंग आर्यन अधिकारीको जोडी


सवीर श्रेष्ठको निर्देशनमा तयार हुने चलचित्र ‘रुखान’ मा अभिनेता आर्यन अधिकारीले काम गर्ने पक्का भएको छ। चलचित्रमा उनको जोडी नायिका नीति शाहसंग बाँधिने छ। नीतिले केहि समय अगाडी नै चलचित्रको लागि सम्झौता गरिसकेकी छन्। नीति र आर्यनको जोडी पहिलोपटक स्क्रिनमा देखिन लागेको हो । निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई भित्राइएको जानकारी दिए । आर्यन केहि बर्ष देखि चलचित्रमा अभिनय नगरी बसिरहेका छन्।

चलचित्रलाई नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी भाषामा निर्माण गरिने निर्माणपक्षको भनाई छ । कृष्ण थापा(अष्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहने चलचित्रमा डाक्टर रुपक घिमिरेको कथा रहेको छ। चलचित्रको कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । चलचित्रले महिला संघर्षको कथा भन्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्