A vertical shot of the black cat in the dark darkness

आंचलसंग काम गर्न विवेकले बनाए शरीर


मिलन चाम्सको निर्देशनमा तयार भैरहेको चलचित्र ‘वर एण्ड बधु’को दोश्रो सेड्युलको छायांकनको तयारी भएको छ। करिव ५० प्रतिशत छायांकन रोमानियामा गरिएको चलचित्रको बाँकि छायांकन नेपालमा गर्ने तयारी गरिएको छ। निर्देशक मिलन चाम्सका अनुसार, चैत्रको तेस्रो साताबाट फिल्मको छायांकन नेपालमा सुरु हुनेछ । चलचित्रमा आंचल शर्मा मुख्य भूमिकामा रहेकी छिन्। उनको साथमा विवेक कर्माचार्य जोडीको रुपमा काम गरिरहेका छन् ।

रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो चलचित्रको दोस्रो सेड्यूलका लागि नायक विवेक कर्माचार्यले आफ्नो शरीर समेत बनाएका छन् । निर्माणपक्षले उपलब्ध गराएको विवेकको नयाँ तस्वीरमा उनको शरीर सुगठित देखिन्छ । कथाको माग अनुसार नै विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताए । चलचित्रमा सुदिप बरालको छायांकन छ । डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्