A vertical shot of the black cat in the dark darkness

‘पूजार सार्की’ का मेघबहादुर खत्री उर्फ पल शाह


दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘पूजार सार्की’ दर्शकको चासो र प्रतीक्षाको चलचित्रको रुपमा रहेको छ। बिशेष गरि तीन स्टार अभिनेता आर्यन सिग्देल, पल शाह र प्रदिप खड्का एकसाथ देखिन लागेको कारण पनि चलचित्र चर्चामा रहेको छ। दिनेश राउतको निर्देशनमा तयार भएको भएको चलचित्रको प्रदिप र आर्यनको क्यारेक्टर लुक्स केहि समय अगाडी सार्वजनिक भैसकेको छ। यहि बीचमा निर्माण टिमले अभिनेता पल शाहको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ। शनिबार पलको पात्र लुक्स निर्माण टिमले सार्वजनिक गरेको हो।

मेघराज खत्री पात्रमा पल शाह देखिदैछन्। उनी काँधमा बन्दुक बोकेर हिडिरहेको छन् भने शिरमा भादगाउँले टोपी र आँखामा चश्मा लगाएका छन्। उनले आधा बाहुला भएको कोट, सर्ट र पाइन्ट पहिरिएका छन्। अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, प्रेम सुब्बा, विद्या कार्की लगायतको अभिनय रहेको चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । संगीतकार सुवास भुसालको निर्माण रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्