प्रदिप खड्कासंग ‘एक्लो’ मार्फत कविता नेपालीको चलचित्रमा डेव्यु


डान्स रियालिटी शो ‘बुगी बुगी’को पहिलो संस्करणकी बिजेता कविता नेपालीले सयौको हाराहारीमा म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। आफ्नो फिटनेस पोष्टका कारण झन् बढी चर्चामा रहने कविता नेपाली चलचित्र क्षेत्रमा प्रवेशको कोसिस समेत गरिरहेकी छिन्। केहि समय अगाडी अभिनेता आर्यन सिग्देलसंग उनले चलचित्रमा काम गर्ने पक्का भएको थियो । आर्यन सिग्देलसंग जोडी बाँधेर घोषणा गरिएको चलचित्रको काम अगाडी बढ्न सकेको छैन।


यहि बीचमा कविता नयाँ चलचित्रमा देखिने पक्का भएको छ। प्रदिप शाहीको निर्देशनमा तयार हुने चलचित्र ‘एक्लो’ मार्फत उनले डेव्यु गर्ने भएकी छिन्। यो चलचित्रको स्टारकाष्ट बलियो रहेको छ। प्रदिप खड्का र बेनिशा हमाल यो चलचित्रमा केहि समय अगाडी अनुबन्धित भएका थिए। साता अगाडी चलचित्रमा विजय लामा अनुबन्धित भएका थिए। चलचित्रमा अब भने सुनिल थापा, एवन राज उप्रेती र कविता नेपालीको प्रवेश भएको छ । दिया पुन पनि चलचित्रमा बिशेष भूमिकामा देखिनेछिन्। डान्समा अब्बल कविताको अव अभिनयको परिक्षा एक्लो मार्फत हुनेछ।


अभिनेता प्रदिप खड्काले लगातार चलचित्र साइन गरिरहेका छन् । सोहि कारण यो चलचित्रको सुटिङ्गका लागी केहि समय भने पक्कै लाग्नेछ। शाई प्रडक्सन नेपालको निर्माणमा बन्न लागेको चलचित्रमा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । चलचित्रमा विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्