समिक्षाको स्वरमा केकी अधिकारीको ‘बोक्सीको घर’ गीत


बैशाख १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बोक्सीको घर’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘बुझिन मैंले ‘ बोलको गीतमा समिक्षा अधिकारीको स्वर र प्रकाश सपुतको शब्द तथा संगीत रहेको छ। गीतमा अभिनेत्री केकी अधिकारीको साथमा सुलक्ष्ण भारती र रमा थपलिया प्रस्तुत रहेका छन्। सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेको भिडियो निकै अर्थपूर्ण बनाइएको छ। नवराज उप्रेतीले भिडियो खिचेका छन्।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा केकी अधिकारी मुख्य भूमिकामा रहेकी छिन्। यो चलचित्रलाई केकीले नै निर्माण गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्