बर्ष २०८०: दयाहाङ राईको वरिपरि घुमेको चलचित्र क्षेत्र


बर्ष २०८० अभिनेता दयाहाङ राईको वरिपरि घुम्यो। नेपाली चलचित्र क्षेत्रले जति यो बर्ष कमायो त्यसको झन्डै आधा बढी हिस्सा दयाले नै ओगटे भन्दा फरक पर्दैन। केहि बर्ष यता इन्डस्ट्री लाई नै आफुमा निर्भर गराउन सफल दयाको लागी बर्ष सुखद बन्यो। सर्वाधिक कमाइ गर्ने रेकर्ड राखेको चलचित्रबाट यो बर्ष सुरुवात गरेका दयाले बर्ष पनि त्यहि हिसाबले अन्त्य गर्ने पक्का पक्की जस्टिया रहेको छ। बैशाखदेखि फागुनसम्म मा उनका ८ वटा चलचित्र रिलिज भए। चैत्र महिनाको अन्त्यमा अर्को एक चलचित्र रिलिजको तयारीमा रहेको छ। रिलिज भएका चलचित्रमा १ ब्लकबस्टर, १ सुपरहिट, २ हिट र ४ वटा फ्लप लिष्टमा सामिल भए।

नयाँ बर्ष अर्थात् बैशाख १ गते ‘जारी’ र ‘बिहे पास’ दुई चलचित्र रिलिज भए। ‘जारी’ ब्लकबस्टर सावित भयो र यो बर्षको सर्वाधिक कमाई गर्ने रेकर्ड बोकेर बसेको छ। ‘बिहे पास ‘भने फ्लप बन्यो। जेठमा रिलिज भएको उनको अर्को चलचित्र ‘निरफुल’ असफल बन्यो। भदौमा रिलिज भएको ‘नाङ्गो गाउँ’ लगानी सुरक्षित गर्दै हिट बन्यो। कार्तिकमा रिलिज भएको चलचित्र ‘दिमाग खराब’ उनको यो बर्षको सर्वाधिक कमाई गर्ने दोश्रो चलचित्र हो। ९ करोड माथिको कलेक्सन गर्दै यो चलचित्र सुपरहिट बन्यो।

त्यस्तै माघ २६ गते उनी अभिनित दुई चलचित्र रिलिज भए। यो बर्ष दुई चलचित्र एकसाथ रिलिज भएको दयाको दोश्रो संयोग हो। ‘दया रानी’ र ‘हात्तीछाप’ दुवै एकसाथ रिलिज भएका थिए। ‘हात्तीछाप’ फ्लप बन्दा ‘दयारानी’ ले लगानी सुरक्षित गरेको डाटा रहेको छ। फागुन महिनामा रिलिज भएको चलचित्र ‘रङ्गेली’ फ्लप बन्यो।
समग्रमा २०८० को ११ महिनामा दयाहाङका चलचित्रले झन्डै ३५ करोड बराबरको कमाई गरेको डाटा रहेको छ। यो कुनै पनि नायकका चलचित्रले नेपाली चलचित्रमा एक बर्षमा व्यापार गरेको सायद पहिलो नै हो।
चलचित्र संगै ब्रान्डमा पनि दयाको उपस्थिति बलियो रहेको छ। यहि बर्ष दयाले आधा दर्जन बढी चलचित्रको सुटिङ्ग गरेका ह्चन। अर्को बर्ष पनि चलचित्र क्षेत्रमा उनको दबदबा रहने पक्का जस्तै रहेको छ।

प्रतिक्रिया दिनुहोस्