A vertical shot of the black cat in the dark darkness

उच्च शो सहित ‘डिग्री माइला’ को बुकिङ्ग खुल्ला, बम्पर ओपनिङ्गको अपेक्षा


रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र ‘डिग्री माइला’ चैत्र ३० गतेबाट रिलिज हुँदैछ। यो बर्षको अन्त्य र बर्ष २०८१ को सुरुवात बम्पर हुने आंकलन गरिएको चलचित्रलाई मल्टिप्लेक्सले उच्च शोज दिएका छन्। देशको ठुलो मल्टिप्लेक्स चेनले ६० बढी शो दिएको छ। यो शो रिलिज सम्ममा अझ बढ्ने पक्का रहेको छ।

आइ एन आई सिनेमाजले २० बढी शो चलचित्रलाई दिएको छ। यो संगै देशभर झन्डै डेढ सय शोज चलचित्रले प्राप्त गरिसकेको छ। शनिबार नयाँ बर्षको कारण पनि यो चलचित्रको विकेन्ड ओपनिङ्ग उच्च हुने आंकलन गरिएको छ। ट्रेलरले बनाएको हाइप, कबड्डी टिमको चलचित्रको कारण पनि ‘डिग्री माइला’ को ओपनिङ्ग उच्च हुने अपेक्षा रहेको छ । दुई भारतीय चलचित्र नेपालमा रिलिजको अन्यौलता रहेको समयमा यो चलचित्रले झन् बढी फाइदा उठाउन सक्नेछ। दयाहाङ राई र आँचल शर्मा जोडीले पहिलोपटक सहकार्य गरेको चलचित्र बाँसुरी फिल्म्सको व्यानरमा निर्माण भएको छ। चलचित्रमा प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, हिउँवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्