धिरजको ‘लुकी लुकी’ मा बोल्ड आंचल


२५ बर्ष देखि सदाबहार रहेको धिरज राईको ‘लुकी लुकी’ गीतलाई पुन: रिलिज गरिएको छ। धिरज राई मात्र फिचर गरेर २५ बर्ष अगाडी नेपाल टेलिभिजनमा खिचिएको भिडियोलाई नयाँ स्वरूपमा सार्वजनिक गरिएको छ। ट्रि ईन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोको मेकिङ्ग निकै आकर्षक देखाइएको छ।

धिरज राईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा आंचल शर्मा, राज रोहण र डेलविस दर्शनधारीले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन्। भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्