‘बोक्सीको घर’ ट्रेलर र गीतले बढाएको अपेक्षा, बैशाख १४ मा हुनेछ परिक्षा


यतिबेला सर्वाधिक चर्चामा रहेको गीत छ ‘बुझिन मैले’। समिक्षा अधिकारीको स्वरमा प्रकाश सपुतले सृजना गरेको यो गीत सामाजिक संजालमा भाइरल नै रहेको छ । युट्युवमा ४२ लाख बराबर भ्युज यो चलचित्रले बटुलिसकेको छ। यो गीत केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ मा समावेश रहेको छ। भिडियोमा अभिनेत्री केकी फिचर्ड रहेकी छिन्। उनको एक्सप्रेसन र भिडियोको प्रस्तुती यतिबेला चर्चामा रहेको छ।

गीत संगै चलचित्रको ट्रेलर पनि यतिबेला चर्चामा रहेको छ । फरक कथ्यवाचन भएको कारण पनि दर्शक चलचित्रको ट्रेलरलाई रुचाईरहेका छन् । ट्रेलरले पनि १२ लाख बढी दर्शकको साथ बटुलिसकेको छ। दर्शकले उत्कृष्ट प्रतिक्रिया ट्रेलरमा दिईरहेका छन्। अभिनेत्री केकी चलचित्रको प्रमोशनको लागी आफ्नो समय दिल खोलेर छुट्याईरहेकि छिन् । ट्रेलर रिलिज कार्यक्रमलाई फरक बनाएकी केकीले फरक शैलीले विभिन्न स्थानमा ट्रेलर प्रस्तुत गरिरहेकी छिन्।


गीत र ट्रेलर दुवैको हाइपले केकीमा उत्साह थपेको छ। तर जति गीत र ट्रेलर दर्शक माझ लोकप्रिय बनिरहेको छ चलचित्रमा दर्शकको साथ कस्तो बन्ने हो त्यो भने बैशाख १४ बाट थाह हुन्छ। सुलक्षण भारतीको लेखन तथा निर्देशनमा चलचित्र तयार भएको छ। समाजमा देखिएका र घटेका यथार्थ घटनालाई समावेश गरेर चलचित्र निर्माण भएको छ।

प्रतिक्रिया दिनुहोस्