मेहेन्दीमा एलिनालाई बिष्णुको सप्राईज, आज विवाह गर्दै


गायिका एलिना चौहान आज विवाह गर्दैछिन्। अष्ट्रेलिया बस्ने बाग्लुङ्गका विष्णु सापकोटा संग उनी प्रेम विवाह गर्न लागेकी हुन्। एलिना र बिष्णुको प्रेम केहि समयबाट चलिरहेको थियो। शब्द लेख्न र गायनमा सक्रिय रहेका बिष्णु र अहिलेको सर्वाधिक चर्चामा रहेकी गायिका चौहानको अष्ट्रेलियामा नै भेट भएको थियो।

एलिनाको हिजो मेहेन्दी कार्यक्रम आयोजना गरिएको थियो । परिवार र साथीभाईको उपस्थितिमा सम्पन्न हल्दी र मेहेन्दीका सार्वजनिक फोटो र भिडियोमा एलिना निकै उत्साहित देखिएकी थिइन्।

आज विर्तामोडमा उनको विवाह सम्पन्न हुँदैछ। बाग्लुङ्ग बाट बेहुलाको भेषमा सजिएर विष्णु हिजो नै झापा पुगिसकेका छन्। मेहेन्दीमा एलिनालाई भेट्न उनी फुलको गुच्छा लिएर पुगेका थिए। डिजाइनर बिबेश राइको ड्रेस उनले आफ्नो विवाह समारोहमा लगाईरहेकी छिन्। आज नै झापाबाट विवाह सम्पन्न गरेर बाग्लुङ्ग पुग्ने तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्