‘होस्टेल ३’ निर्माण घोषणा, नयाँ कलाकारलाई खुल्नेछ अवसर


चलचित्र ‘होस्टेल’ नेपाली दर्शकमाझ परिचित चलचित्र हो। यहि चलचित्र मार्फत अभिनेता अनमोल केसी, सलोन बस्नेत लगायतको उदय नेपाली चलचित्रमा भएको थियो। यस्तो दोश्रो सिरिज ‘होस्टेल रिटन्र्स’ मार्फत सुशील श्रेष्ठ, नाजिर हुसैन, स्वस्तिमा खड्का लगायतका कलाकारले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। अनमोल, स्वस्तिमा र नाजिर अहिलेको पहिलो रोजाईका कलाकार हुन्। यहि चलचित्र को तेश्रो सिरिज ‘होस्टेल ३’ निर्माण हुने भएको छ। यो चलचित्रलाई सशान कंडेलले निर्देशन गर्नेछन्।

‘होस्टेल र होस्टेल रिटन्र्स’ निर्माता सुनिल रावलको तेस्रो सिरिजमा लगानी रहने छैन । सम्मान इन्टरटेन्मेन्टलाई चलचित्रको बनाउने अधिकार सुनिलले दिएका छन् । चलचित्रमा उनको भूमिका शिर्ष रहनेछ।

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मसँगको सहकार्यमा निर्माण गर्ने चलचित्रको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्मातामा शंकर कोइराला, सह–निर्माताहरु सुधा महरठ्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन् । होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरुको भविष्यका घटनाहरूमा आधारित रहेर निर्माण गर्ने चलचित्र मार्फत केहि नयाँ अनुहार भित्र्याउने तयारी निर्माण टिमको रहेको छ।

माधव शर्माले लेखेको यो चलचित्रलाई यहि बर्षको अन्त्यतिर रिलिज गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्