प्रेम, विछोड र रोमान्सले भरिएको ‘ए मेरो हजुर ४’ (ट्रेलरसहित)


प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक भएको छ । अनमोल केसी र सुहाना थापा स्टारर चलचित्रको ट्रेलर निकै आकर्षक बनाइएको छ। झरना थापा निर्देशित चलचित्र बैशाख १ गतेबाट रिलिज हुदैछ । सुन्दर दृश्य, मिठा डाइलग सहित प्रस्तूत भएको ट्रेलरमा अनमोल र सुहानाको केमेष्ट्री निकै आकर्षक देखिएको छ। सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक थापा र स्वर्गीय छेतेन गुरुङ्गको कथा रहेको छ।

सुनिल कुमार थापा निर्माता रहेको चलचित्रमा संजय लामाको छायाकन, मित्र डी गुरुङ्गको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। चलचित्रमा अनमोल र सुहानाको साथमा रवि गिरि, सलोन बस्नेत, रेअर राई लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्