A vertical shot of the black cat in the dark darkness

आर्यन, प्रदीप र पलको कौडा नृत्य, यस्तो बन्यो ‘पूजार सार्की’ को गीत


तीन स्टार अभिनेताले एकसाथ अभिनय गरेको चलचित्र ‘पूजार सार्की’ को पहिलो गीत सार्वजनिक भएको छ। कौडा भाकाको ‘दर्शन गरेँ गीतमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर, हर्क साउदको शब्द र सुवास भुसालको संगीत रहेको छ ।


गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बू कौडा नृत्य गर्दै प्रस्तुत छन् । आर्यन-अञ्जना र प्रदीप-परीक्षालाई रोमान्टिक भावमा प्रस्तुत गरिएको भिडियोमा शिशिर खातीको कोरियोग्राफी रहेको छ।

विकास सुवेदीको लेखन रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् । मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा लगायतको अभिनय रहेको चलचित्र जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको छ । सुवास भुसालले निर्माण गरेको चलचित्रमा किङ्गडम नेटवर्कको प्रस्तुति रहेको छ। चलचित्र जेठ १० गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्