‘एक्टर’ मुहर्तमा दिव्या रायमाझी आकर्षणको केन्द्रमा, प्रदिपसंग जोडी बाधिंदै


नेपाली चलचित्र क्षेत्रमा अभिनेता दिलिप रायमाझीले आफ्नो छुट्टै छाप छाड्न सफल भएका छन्। अभिनय र डान्स दुवैमा आफुलाई अब्बल प्रमाणित गर्न सफल सुपरस्टार दीलिपकी छोरी दिव्या रायमाझी नेपाली चलचित्र क्षेत्रमा आफ्नो भाग्यरेखा कोर्न यतिबेला नेपालमा रहेकी छिन् । सुन्दरताले सवैलाई मोहित परिरहेकी दिव्याले दुई नेपाली चलचित्र साईन गरिसकेकी छिन्। दिव्याको डेव्यु चलचित्र ‘एक्टर’ को शुभ मुहूर्त गरिएको छ ।

तस्विर: विकास अर्याल

मंगलबार बिहान कार्यविनायक मन्दिर भैंसीपाटीमा वैदिक विधिद्वारा हवन यज्ञ गर्दै चलचित्रको मुहर्त गरिएको हो। यो चलचित्र दिव्या अभिनेता प्रदिप खड्कासंग स्क्रिन शेयर गर्दैछिन्। चलचित्रमा आना शर्मा, दिव्य देव र सुशील सिटौलाको प्रमुख भूमिका रहनेछ।


दिव्या पहिलोपटक मिडियासामु आफुलाई प्रस्तुत गरिरहेकी थिइन् । सोहि कारण पनि उनि आकर्षणको केन्द्रमा रहेकी थिइन्।
चलचित्रमा राजबल्लभ कोइराला, सलोन बस्नेत लगायतको पनि अभिनय रहनेछ ।

चलचित्रमा राजन भुसालको निर्देशन, थमन कुमार भण्डारीको निर्माण रहनेछ। चलचित्रको सह-निर्मातामा एनिस भुसाल र सार्थक केसी रहेका छन्। तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा चलचित्र रिलिज गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्