A vertical shot of the black cat in the dark darkness

केकीको ‘बोक्सीको घर’ को बुकिङ्ग खुल्यो, हलले दिए उत्साहजनक शोज


बैशाख १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बोक्सीको घर’ को अग्रिम टिकट बुकिङ्ग खुलेको छ। केकी अधिकारीको निर्माण र प्रमुख भूमिका रहेको चलचित्र चलचित्रलाई मल्टीप्लेक्सले आकर्षक शो दिएका छन्। देशकको ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्स ले उपत्यका भित्र २० बढी शोज उपलब्ध गराएको छ। अन्य मल्टीप्लेक्सले पनि केकीको बोक्सीको घरलाई उत्साहजनक शो दिएका छन् । आईएन आई सिनेमाजले उपत्यका र बाहिर गरेर १८ शोज उपलब्ध गराएको छ। बिग मुभिजले ५, वान सिनेमाजले १० शो उपलब्ध गराएका छन्।

‘बुझिन मैले’ गीत र ट्रेलरको चर्चाले चलचित्रको हाईप राम्रो बनेको छ। साइको सोसियल थ्रिलर जनरामा बनेको चलचित्रको निर्मातामा बद्रि अधिकारी र कार्यकारी निर्मातामा राज घिमिरे रहेका छन् । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा केकी र सुलक्षणको साथमा रमा थपलिया, स्वेच्छा राउत लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्