A vertical shot of the black cat in the dark darkness

‘बोक्सीको घर’ लाई दर्शकको साथ, बिहानको अकुपेन्सी उत्कृष्ट


बैशाख १४ गते अर्थात् आज बाट रिलिज भएको चलचित्र ‘बोक्सीको घर’ ले बिहानबाट नै दर्शकको साथ पाएको छ। मल्टिप्लेक्सले आकर्षक शो दिएको चलचित्रको बुकिङ्ग र दर्शक उपस्थिति दुवै उत्साहजनक रहेको छ। लाबिल मलमा बिहान चलचित्रको टीम पुग्दा ९० प्रतिशत बढीको अकुपेन्सी रहेको थियो।

बिहान ८ बजेको शोमा दर्शकको यो उपस्थिति आकर्षक हो। चलचित्र हेर्न हरेक उमेर समुहका दर्शक पुगेका थिए। दर्शकको उत्कृष्ट प्रतिक्रिया चलचित्रलाई मिलिरहेको छ। फरक कथा, कलाकारको अभिनय र प्रस्तुतीको दर्शकले खुलेर तारिफ गरेका छन्। काठमाडौं भित्र मात्र नभएर बाहिर पनि चलचित्र हेर्ने दर्शकको चाप सुखद देखिएको छ ।

केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गरेका छन्। केकी अधिकारीको निर्माण रहेको चलचित्रको ‘बुझिन मैले’ गीतले हाइप उच्च बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्