प्रकाश सपुतको दोश्रो चलचित्र ‘पुर्णबहादुरको सारङ्गी’


संगीत सिर्जनामा अब्बल प्रकाश सपुतले पहिलो चलचित्रमा नै सफलताको स्वाद हासिल गरे। ‘परदेशी २ ‘ डेव्यु नायक सपुत दोश्रो चलचित्रमा अनुबन्धित भएका छन्। ‘पुर्णबहादुरको सारङ्गी’ चलचित्र मा प्रकाश अनुबन्धित भएका छन्। निर्माण पक्ष र प्रकाश बीच चलचित्रको औपचारिक सम्झौता भैसकेको छ।

निर्माणपक्षले केही दिन अगाडि चलचित्रको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । भिडियोमा विजय बरालको शब्द प्रस्तुती आकर्षक सुनिएको थियो। यो चलचित्रमा बिजय पनि अनुबन्धित भैसकेका छन्। सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र जेठको दोस्रो साताबाट छायांकनमा जानेछ।

सामाजिक कथामा निर्माण गरिने चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गर्दैछन् । आगामी बर्षलाई प्रदर्शन मिति तय गरिएको चलचित्र सेभेन सिजको प्रस्तुतिमा तयार हुन लागेको छ। रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ।

प्रतिक्रिया दिनुहोस्