‘ज्वाइँ साब’ वर्कसप सुरु: जितु , नीति देखि हिमेश सम्म जोडिए


रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको चलचित्र ‘ज्वाइँ साब’ को वर्कशप धमाधम चलिरहेको छ ।

केही दिनदेखि काठमाडौंमा चलचित्रको वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए । राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ ।


चलचित्रको वर्कशपमा मुख्य कलाकार जितु नेपाल, नीति शाह, विल्सन विक्रम राई, हिमेश पन्त लगायत छन् । मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुन् । तिहारमा चलचित्रको रिलिज मिति तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्