‘सतीदेवी’ बाट मलिकालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड


२०७५ मा यात्रा चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गरेकी मलिका महतले आफ्नो अभिनयलाई परिपक्क बनाउदै लागिरहेकी छिन्। पाँच बर्षको करियरमा उनले छनोट गरेका चलचित्रले पनि उनमा परिपक्क बन्दै गरेको आभाष हुन्छ। यात्रा पछि उनले ‘पानीफोटो’ र ‘अगत्स्य’ रिलिज भएका छन् । बक्स अफिसको कमाल स्वाद नाचाखे पनि आफ्नो डिमाण्ड मलिकाले कम हुन् दिएकी छैनन्।

भलै उनि चलचित्रमा कम देखिने गर्छिन् तर उनलाई लिएर चलचित्र निर्माणको अफरको कमि रहेको छैन। उनको अभिनय रहेको नयाँ चलचित्र ‘सतीदेवी’ हल रिलिजको पर्खाइमा रहेको छ। पोष्टर रिलिज बाट चर्चा बटुल्न सफल भएको चलचित्र यतिबेला विभिन्न फेस्टिभलहरुमा महत्वपूर्ण अवार्ड जितिरहेको छ । नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ्फ)मा उनले उत्कृष्ट अभिनेत्रीको जुरी मेन्सन अवार्ड प्राप्त गरेकी हुन् । बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा महोत्सव आयोजना भएको थियो।

मलिकाले अवार्ड उचालेको तस्वीर फेसबुकमा सेअर गर्दै लेखेकी छन् ,’ नेपाल ग्रामिण चलचित्र महोत्सव–०८० मा ‘सतीदेवी’ चलचित्रबाट बेष्ट एक्टर जुरी मेन्सन अवार्ड जित्न सफल भएकी छु । एक्टिङ करिअरमा मलाई यो अवार्डले अत्यन्त धेरै हौसला,प्रेरणा र उर्जा थपेको महसुस गरेकी छ । मलाई ‘सतीदेवी’ को शीर्ष भूमिकामा चयन गरि निकै मिहीनेत र स्वतन्त्रताका साथ अभिनय गराउनु भएका आदरणीय मल्टिट्यालेन्ट लेखक,निर्माता,निर्देशक लक्ष्मण सुवेदी सर,‘सतीदेवी’ का सम्पूर्ण सहकर्मी कलाकार,प्राबिधिक टिम,अवार्ड आयोजक सेलिब्रेटी नेपाल तथा जुरी टिम अनि मेरा सम्पूर्ण दर्शक,शुभचिन्तकप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्