‘होस्टेल ३’ बाट पारस बम ‘कुल ब्वाई’ को डेव्यु पक्का


स्टार कलाकारको जन्माएको चलचित्र ‘होस्टेल’ को तेश्रो सिरिज निर्माण पक्का भैसकेको छ। अनमोल केसी, सलोन बस्नेत, नाजिर हुसेन, स्वस्तिमा खड्का जस्ता कलाकारले यहि चलचित्रको सिरिजबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। अहिले आफ्नो-आफ्नो स्थानमा नेपाली चलचित्र क्षेत्रमा सवैले दरिलो स्थान बनाईरहेका छन्।


यो चलचित्रको तेश्रो सिरिजलाई सशान कँडेलले निर्देशन गर्दैछन्। यो चलचित्रको मुख्य भूमिकामा पारस बम अनुबन्धित भएका छन्। टिकटक र इन्टरनेटमा ‘कुल ब्वाई’ को नामबाट चिनिएका पारसको यो डेव्यु चलचित्र हो। इन्टरनेट प्रयोगकर्ता माझ उनी निकै लोकप्रिय रहेका छन्। कन्टेन्ट क्रिएसनसंगै उनी गायनमा पनि सक्रिय रहेका छन्।

होस्टेलमा बसेर अध्ययन गरिरहेका युवाहरूको विभिन्न घटनामा आधारित रहेर बन्ने चलचित्रको स्क्रिप्ट माधव शर्माले तयार परेका छन्। सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मसँगको सहकार्यमा तयार पार्न लागेको चलचित्रमा शिशिर ज्ञवालीको लगानी रहनेछ । शंकर कोइराला कार्यकारी निर्माता रहेको फिल्ममा सुधा महरठ्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह–निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्