‘पत्रकार र पुलिस कहिले आफ्नो नहुने रहेछ’- पूजा शर्मा


चर्चा, विवाद र गसिपमा सधै आउने नाम हो, अभिनेत्री पूजा शर्मा। मिडियाको लाइमलाइटमा सधै रहने पूजा बेलाबेलामा आफ्नै कारण अप्ठ्यारोमा पर्ने गरेकी छिन् । रंगपत्रकारसंग निकै नजिकको सम्बन्ध राख्न रुचाउने पूजा सोहि कारण आफुलाइ नराम्रो भएको महसुस यतिबेला गर्दै आएकी छिन्। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज र सोहि समयमा चलचित्रका मुख्य नायक पल शाह प्रहरी थुनामा परेपछि पूजा एक्लै दर्शक भेट्न हल पुगिन् । दर्शकको उल्लेख्य साथका कारण उत्साहित पूजा चलचित्रका आफ्नै नायक साथ नहुदा उति नै दुखि थिइन् । सोहि कारण पनि हुनसक्छ उक्त समय उनले दिएका कतिपय अभिव्यक्ति अहिलेसम्म पनि ट्रोल बनिरहेका छन्। लामो समयपछि उनि एक प्रेसमिटमा देखिईन् । उनले त्यहा आफुले यो बर्ष धेरै कुरा सिकेको बताउदै पत्रकार र पुलिस कहिले आफ्नो नहुने रहेछ भन्ने अभिव्यक्ति दिईन्।
पूजा भन्छिन् , ‘मैले यो बर्ष धेरै कुरा सिके। पत्रकारलाई अव सहि कुरा भन्दै भन्दिन । सवैलाई आफ्नो ठाउँमा राख्नुपर्ने रहेछ। कोहिलाई पनि न नजिक, न टाढा बनाउनु पर्ने रहेछ । ‘

प्रतिक्रिया दिनुहोस्