विश्वकपको मन्चमा दोश्रो पटक नेपालसंगै सोमपाल कामीको यात्रा


नेपाली खेलकुद मार्फत विश्वमा नेपाललाई चिनाउन र नेपालीलाई एकस्थानमा ल्याउन सफल खेल हो, क्रिकेट। नेपाली क्रिकेट प्रेमी फ्यानहरुले नेपाली टोलीलाई हरेक क्षणमा साथ दिईरहेका छन्। डिभिजन ५ देखि, एकदिवसिया मान्यता प्राप्त गर्नेसमयसम्म, टी–२० विश्वकप देखि एसिया कपसम्म नेपाली क्रिकेट प्रेमीले राष्ट्रिय टोलीलाई हरेक समयमा साथ दिएका छन्। सन् २०१४ मा नेपालले पहिलोपटक क्रिकेटको ठुलो मन्च टी–२० विश्वकपमा पाईला राख्यो। दोश्रोपटक २०२४ मा नेपालले यो ग्लोबल स्टेजमा फेरी प्रतिष्पर्धा गर्दैछ । यी दुवै विश्वकपमा पहिलो रोजाईको टिममा पर्ने एक खेलाडी छन्, सोमपाल कामी। नेपाली फस्ट बलिङ्गका स्टार तथा तल्लो क्रममा व्याट्सम्यान सोमपाल यो १० बर्षमा नेपाली फ्यानको अथाह प्रेम पाएका छन्।

सन् २०१४ को विश्वकपमा उनी नेपाली टिमका लागी नयाँ खेलाडी थिए । २०१३ मा भारतबाट नेपाल आएका सोमपललाई तत्कालिन कोच पुबुदु दासानायकेले राष्ट्रिय टोलीमा ल्याएका थिए। २०१४ मा नेपालको टिममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सरद भेष्वाकर, शक्ति गौचन, बसन्त रेग्मी जस्ता स्टार खेलाडी रहेका थिए। फस्ट बलिङ्गको जिम्मा पाएका सोमपालले पहिलो खेलमा हंगकंग विरुद्ध ३ ओभर वालिङ्ग गर्दै १३ रङ खर्चेर २ विकेट लिए।

विश्वकप २०१४ को नेपाली क्रिकेट टोली

विश्वकपमा यो नेपालको पहिलो जितको म्याच थियो। बंगलादेश विरुद्ध पराजित भएको नेपालले अफगानिस्तान विरुद्ध रोचक जित निकाल्यो। त्यो समय नेपाल र अफगानिस्तान कडा प्रतिष्पर्धी देशको रुपमा रहेका थिए। रोमान्चक जितमा सोमपालले नेपाली टीमको लागी २ विकेट लिएका थिए। यो १० बर्षमा नेपालले क्रिकेटमा धेरै उतारचढाव देखेको छ।


त्यसको साक्षी सोमपाल सधै रहेका छन् । उनले एक दिवसीय क्रिकेटमा हालसम्म ५४ खेलमा ७१ विकेट र टी–२० मा ५८ विकेट लिएका छन् । धेरै अवस्थामा तल्लो क्रममा उत्कृष्ट व्याटीङ्ग गर्दै उनले रोमान्चक खेल बनाएका छन्।
नेपाली टोलीलाई दोश्रो पटक विश्वकपको मन्चमा उपस्थित गराउन सोमपाल अमेरिका पुगिसकेका छन्। ट्राभलिङ्ग रिजभको रुपमा विनोद भण्डारी पनि समावेश रहेका छन्।

विश्वकपमा नेपालको खेल तालिका यस्तो रहेको छ।
नेपालका खेल

नेदरल्यान्डसविरूद्ध – जुन ४, अमेरिका, डलास
श्रीलंकाविरूद्ध – जुन ११, अमेरिका, फ्लोरिडा
दक्षिण अफ्रिकाविरूद्ध – जुन १४, सेन्ट भिसेन्ट
बंगलादेशविरूद्ध – जुन १६, सेन्ट भिसेन्ट

प्रतिक्रिया दिनुहोस्