‘पूर्ण बहादुरको सारङ्गी’ को टाइटल भूमिकामा प्रकाश कि मुकुन ?


‘बुलबुल’ बाट अभिनयमा आफुलाई स्थापित गरेका मुकुन भुषालले ‘झिङ्गे दाऊ’ मार्फत आफ्नो चर्चा झन् उचाइमा पुर्याए। बिचमा केहि चलचित्रमा काम गरेका भुषालले अपेक्षाकृत सफलता हासिल गर्न सकेनन्। पछिल्लो समय ‘उपहार’ चलचित्रमा देखिएका भुषाल नयाँ चलचित्रमा अनुबन्धित भएका छन्।

सुन्दर अभिनय गर्ने भुषाल नयाँ चलचित्रमा अनुबन्धित भएका छन्। अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा अनुबन्धित भएका छन् । यो चलचित्रमा गायक टर्न नायक प्रकाश सपुत केहि समय अगाडी नै अनुबन्धित भएका छन्। अब यी दुईमा टाइटल भूमिका कसको रहेको छ भन्ने खुलाईएको छैन।

केहि समय अगाडी चलचित्रको टाइटल भूमिकामा अभिनेता विजय बराल रहने चर्चा थियो तर यसको आधिकारीक खबर भने बाहिरिएको छैन। विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको सोसल–ड्रामा चलचित्रका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको अन्य कलाकारको जानकारी गराईएको छैन। रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई आगामी बर्ष संसारभर रिलिजको तयारीमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्