प्रदीप र दिव्याको ‘एक्टर’को छायांकन सुरु, कार्तिकमा रिलिज


प्रदिप खड्का, आना शर्मा र दिव्या रायमाझी मुख्य भूमिकामा रहेको चलचित्र ‘एक्टर’ को छायाँकन सुरु भएको छ । पोखराको बिन्दावासिनी मन्दिरमा शुभसाइत गर्दै चलचित्रको छायाँकन सुरु भएको हो । चलचित्रको शुभसाइत समारोहमा नायक प्रदीप खड्का र नव–नायिका दिव्या रायमाझी उपस्थिति रहेका थिए।

केही दिन अगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा बौद्धिक विधि अनुसार पूजापाठ गरिएको चलचित्रलाई १० दिन पोखरामा खिचिने छ। राजन भुषालको निर्देशनमा तयार हुने चलचित्रको पोखरा पछि काठमान्डौ सेड्युल रहेको छ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको चलचित्रलाई थमन कुमार भण्डारीले निर्माण गर्दैछन्। चलचित्रमा राज बल्लभ कोईरला, सुशील सिटौला, दिव्य देव लगायतका कलाकारको पनि अभिनय रहेको छ। चलचित्र कार्तिक १५ गते लक्ष्मीपूजा बाट रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्