रवि ओड कन्चनपुर प्रहरी नियन्त्रणमा, ५ दिनको म्याद थप


वैवाहिक बलात्कारसम्बन्धी मुद्धा दायर भएका रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन्। श्रीमतीले केहि समय अगाडी दायर गरेको मुद्धा पश्चात प्रहरी पक्राउ पुर्जी जारी गरेको थियो। नेपाल आइडल विजेता ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफै उपस्थित भएका हुन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड आफै उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिएका छन्। ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले चैत्र २० मा उजुरी दिएकी थिइन्। कार्यक्रमको शिलशिलामा देश बाहिर रहेका ओडले नेपाल फर्किएर आत्मासमर्पण गरेका हुन्। रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्