A vertical shot of the black cat in the dark darkness

यस्तो छ ‘जुगिना’ मा अरुण क्षेत्रीको लुक्स


चलचित्र ‘महापुरुष’ बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेका अरुण क्षेत्रीलाई धरैले सम्भावना बोकेका अभिनेताको रुपमा हेरे। उनको अभिनय राम्रो रहेको छ। यो चलचित्र सफल भयो तर क्रेडिट उनको भागमा जाने कुरा थिएन। प्रदिप भट्टराई र हरिवंश आचार्य यो चलचित्रको मुख्य क्रेडिटका हकदार थिए।

महापुरुष पश्चात दुई चलचित्र उनका रिलिज भए । बक्स अफिसमा खासै चर्चा दुवैले पाउन सकेनन्। यी दुई चलचित्र पश्चात उनी ‘महाजात्रा’ को गीतमा देखिए। उनै अरुण मुख्य भूमिकामा रहेको नयाँ चलचित्र ‘जुगिना’ को लुक्स सार्वजनिक भएको छ। खप्तड र बझाङमा ८० प्रतिशत छायांकन गरिएको चलचित्रको लुक्स भिन्न देखिएको छ । बाँकी २० प्रतिशत छायांकन भने काठमाडौंमा हुने बताइएको छ । ट्राभल, रोमान्स र एडभेन्चरको कथा बोकेको चलचित्रमा अरुणसंगै नायिका सुरक्षा पन्त र नायक कर्माको पनि अभिनय रहेको छ। प्रवीण रोकायाले निर्देशन गरिरहेका चलचित्रको पूर्ण जानकारी भने बाहिरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्