साउनमा बर्षाको ‘मोदीबेनी’ रिलिज तय, रेजिनाको कमब्याक


शङ्कर कोइरालाको निर्देशनमा तयार भएको चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। ‘मोदीबेनी’ ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथामा तयार भएको चलचित्रलाई दिलिप केसीले निर्माण गरेका छन् ।

अमर प्रताप श्रेष्ठले डेब्यु गरेको चलचित्रमा उनको अपोजिटमा बर्षा शिवाकोटीको अभिनय रहनेछ। निर्देशक कोईरालाको यो डेव्यु निर्देशाकियो चलचित्र हो। यहि चलचित्र मार्फत अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि कमब्याक गरेकी छन्। चलचित्रमा प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन्। उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल) को प्रोडक्शन डिजाइन चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्