विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ जेठ १५ बाट छायांकनमा जाँदै


विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्र ‘उनको स्वीटर’ आगामी जेठ १५ गतेबाट छायांकनमा जाने भएको छ । नविन चौहानको निर्देशनमा तयार हुने यो चलचित्रको वितरक फाइनल भएसंगै छायांकनको तयारी गरिएको हो।

निर्माण टिमले सोमबार उपत्यका वितरण अधिकारका लागि गोविन्द शाहीको काफिया फिल्मस् र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसन प्रा.लि सँग सम्झौता गरेको छ। पाँचथरका बिभिन्न स्थानमा चलचित्रलाई खिचिनेछ।

यो वर्षको शरद ऋतुमा प्रदर्शन गरिने तयारी गरिएको चलचित्रमा निर्देशक चौहानको लेखन, सुरज कटुवालको सह-लेखन, मुख्य सहायक निर्देशक फिरोज खड्का, गायक सुजन चापागाईं र कोविद बज्रको संगीत, हर्क साउदको शब्द रचना रहनेछ।

चलचित्रमा विपीन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्