A vertical shot of the black cat in the dark darkness

छोरालाई डेव्यु गराउंदै विराजले सुरु गरे ‘१२ गाउँ’ छायाँकन


‘एक्सन स्टार’ विराज भट्टका निर्माण र निर्देशनमा तयार हुने चलचित्र ‘१२ गाउँ’ को छायांकन सुरु भएको छ। छोरा समिर भट्टलाई डेव्यु गराउदै बिराजले सोमबार ललितपुरस्थित हात्तीबनमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरेका छन्। चलचित्रका लागि पहिलो दृश्य समीरको खिचिएको जनाइएको छ ।


चलचित्रमा विराजको पनि प्रमुख भूमिका रहनेछ भने अभिनेत्रीहरुमा सनिशा भट्टराई र न्यान्सी खड्का रहेका छन् ।
दर्जनौं म्यूजिक भिडियोमा काम गरिसकेकी सनिशा र पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी दुवैको यो डेव्यु चलचित्र हो। चलचित्रमा मुरलीधर, कालु राना, सन्तोष सरकार, शुलेमान शंकर ‘इकु’ लगायत पनि कलाकारमा छन् ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको चलचित्रका लागि विराजले द्वन्द्व निर्देशकको रुपमा कयैन् तमिल तथा कन्नड चलचित्रमा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई अनुबन्धित गरेका छन् ।

‘१२ गाउँ’पछि समीरले आगामी साउनदेखि ‘बलिदान’मा काम गर्नेछन् । उनले लामो समयदेखि मुम्बई बसेर अभिनय, नृत्य, मार्सल आर्ट तथा द्वन्द्वको तालिम गरेका थिए । जब विराजले ‘१२ गाउँ’बाट छोराको डेब्यु निश्चित गर्दै आफ्नो सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गरेका थिए, त्यसपछि धेरै मेकरको नजर समीरमा परेको छ । उनलाई एक्सन फिल्मबाट प्रस्ताव पनि ओइरिएको छ ।

प्रतिक्रिया दिनुहोस्