सकियो धिरज र उपासनाको ‘खुस्मा’ छायांकन, असोजमा रिलिज


धिरज मगर र उपासना सिंह ठकुरी मुख्य भुमिका रहेको चलचित्र ‘खुस्मा’को छायांकन सकिएको छ । पहिलो चरणमा मनाङमा छायांकन गरिएको चलचित्रको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको छ। चलचित्रको टिमले ४० दिनमा एक गीत बाहेकको छायांकन सकिएको जानकारी दिएको छ। जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई प्रस्तुत गरिएको चलचित्र मगर समुदायको परिवेशमा निर्माण भएको छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् ।
विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर निर्माता रहेको चलचित्रमा सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् ।

चलचित्रमा धिरज र उपासनाका साथमा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र असोज ३ गतेबाट रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्