‘छक्का पन्जा ५’ मा बर्षा शिवाकोटी, फूलपातीमा रिलिज तय


दिपाश्री निरौलाको निर्देशनमा तयार हुने चलचित्र ‘छक्का पन्जा ५’ को औपचारिक सुरुवात भएको छ। निर्माण टिमले आजबाट चलचित्रको औपचारिक घोषणा र सुटिङ्ग सुरुवात गरेको हो। ब्लकबष्टर सिरिजको पाँचौ शृंखलामा अभिनेत्री बर्षा शिवाकोटीको प्रवेश भएको छ। हरेक सिरिजमा नयाँ अभिनेत्रीको प्रवेश हुने यो सिरिजमा यो पटक बर्षाको प्रवेश भएको हो।

चलचित्रले आफ्नो रिलिज मिति तय गरेको छ। २०८१ सालको दशैँमा रिलिज हुने बताईएको चलचित्र असोज २४ गतेबाट रिलिज हुनेछ। बिहिबार फूलपातीको दिनबाट यो चलचित्र प्रदर्शनमा आउनेछ। आमा सरस्वती मुभिज र आईएमआईको प्रस्तुतिमा बन्न लागेको चलचित्रको बिहिबार सुर्यविनायक मन्दिरमा मुहर्त गर्दै सुटिङ्ग सुरुवात गरिएको हो।

काभ्रेको पाँचखाल, पोखरा लगायतका स्थानमा चलचित्र खिचेनेछ। सार्वजनिक पोष्टरमा बेहुलीको पहिरनमा बर्षा सिंहासनमा बसेकी छिन् भने दिपकराज गिरि सुटमा सजिएर उभिएका छन्। केदार घिमिरे भने सेवकको भेषमा देखिएका छन्। राजनैतिक बिषयमा चलचित्र बनाउदै आएको चलचित्रको टिमले यो पटक सामाजिक बिषयको उठान गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्