पूजाको एक्सनले भरिएको ‘दान्भी’ ट्रेलर


आगामी असार ७ गतेबाट रिलिज हुने चलचित्र ‘दान्भी’ को एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अभिनेत्री पूजा शर्माको छरितो एक्सन देख्न सकिन्छ। बिहिबार सार्वजनिक भएको ट्रेलरले बदलाको कथामा चलचित्रले बोलेको आभाष हुन्छ। पूजाको हिरोइज्म ट्रेलरमा गज्जबले प्रस्तुत गरिएको छ।

रुपेश तामाङ्गको निर्देशनमा तयार भएको चलचित्र मार्फत कुन्साङ्ग बोमजोम अभिनेताको रुपमा डेव्यु गर्दैछन्। ट्रेलरमा पुजा र कुन्साङ्गको प्रेमिल र एक्सन दुवै अवतार प्रस्तुत गरिएको छ। श्री श्रेष्ठको द्वन्द्व निर्देशन चलचित्रको ट्रेलरमा तारिफयोग्य रहेको छ। देव मगर र अनुप गडाल निर्माता रहेको चलचित्रमा पवन राना मगर कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्