प्रकाश सपुतलाई लिएर ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन सुरु


चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो । चलचित्रको पहिलो दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बाल कलाकार जान्भि पौडेल दिएका छन्। सरोज पौडेलको लेखन तथा निर्देशमा तयार भएको चलचित्र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको हो।

गायक सपुतको यो दोश्रो चलचित्र हो। कलाकारको बलियो लाइनअपको साथमा फ्लोअरमा चलचित्र निस्किएको हो। यो चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

चलचित्रको बालकलाकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ । सोसल–ड्रामा जनरामा बन्ने चलचित्र गन्धर्व परिवारको कथामा आधारित रहनेछ । विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको चलचित्रमा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन्। २०८२ साल भित्र प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा रहेका कलाकारको भूमिका बारे खुलाईएको छैन।

प्रतिक्रिया दिनुहोस्