प्रेमिल पूजा र आकाशको जोडी


अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मित्रता, प्रेम, ब्रेकअपको खबर कसैसंग लुकेको छैन। रामकहानीले जोडेको दुवैको जोडी रिल र रियल दुवैमा दर्शका लागी प्रिय छ। तर रियलमा यो जोडी साथी भन्दा माथि पुग्ने सम्भावना छैन। पूजाले युद्ध बानियासंगको प्रेम सार्वजनिक गरिसकेकी छिन्।

केहि समय मिडिया र व्यक्तिगत जीवनमा दुरी बढाएको यो जोडी बिस्तारै आफ्ना कामको प्रमोशनमा देखिन थालेका छन्। आफु अभिनित चलचित्र ‘सम्झना बिर्सना’ को गीत रिलिज कार्यक्रममा दुवै साथ देखिए। कोरोना कहर अगाडी नै खिचिएको चलचित्र जेठ ६ गतेबाट रिलिज हुदैछ।

खबरलाई मान्ने हो भने यो जोडी सुटिङ्गको बेला प्रेममा रहेको थियो। भलै खबरका कुरा खबर मै रहे तर यो जोडीले आफ्नो व्यावसयिक धर्म बिर्सिएको छैन। जुन कुनै पनि कलाकारको धर्म हो । यो जोडी आज पनि दर्शकका लागि प्रिय छ र साथमा पर्फेक्ट देखिन्छ।

प्रतिक्रिया दिनुहोस्