A vertical shot of the black cat in the dark darkness

मध्यपूर्व र मलेसियामा बिक्यो ‘रावायण’


चलचित्र ‘रावायण’ को टिजर र गीतले चर्चा बटुलिरहेको छ। चर्चा बढेसंगै यो चलचित्रको विदेश माग बढिरहेको छ । भदौ २१ गतेबाट नेपालमा रिलिज हुने चलचित्रको मध्यपूर्व र मलेसियामा प्रदर्शन अधिकार बिक्री गरिएको छ । साथीभाई इन्टरटेनमेन्टले मध्यपूर्वी र मलेसियाको अधिकार खरिद गरेको निर्माण टिमले जानकारी गराएको छ।

मध्यपूर्व र मलेसियासहित अन्य देशमा चलचित्र एकसाथ प्रदर्शन गरिने तयारी गरिएको छ। चलचित्रको जापान शोमा पल शाह जाने पक्का भैसकेको छ।

चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुनजंग शाही, कैलाश रावल, निकिता चण्डक, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारको अभिनय रहेको छ । पूजा र पलको जोडी रहेको यो चलचित्रले बक्स अफिसमा आकर्षक व्यापार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्