A vertical shot of the black cat in the dark darkness

‘ज्वाइँ साब’ को रमाइलो टिजर : जितु र नीतिको बिहे


असोज २४ गते फूलपातीबाट रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्र टीजरमा जितू नेपाललाई प्रस्तुत गरिएको छ।

रमाइलो तरिकाले प्रस्तुत गरिएको टीजरमा नीति शाहलाई हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएको देखाइएको छ । बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ।

विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा जितु नेपाल, नीति शाह, वुद्दि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, ईशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्