A vertical shot of the black cat in the dark darkness

सुरेशको निर्देशनमा ‘रंगी’ बनाउँदै सलोन बस्नेत


सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्र ‘रंगी’ निर्माण घोषणा भएको छ । सलोन-सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रलाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन्। सुरेशको यो डेव्यु निर्देशन हो। चलचित्र चलचित्रमा सुरेशले मुख्य सहायक निर्देशको रुपमा काम गरेका छन्।

चलचित्रको टाइटल पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको घोषणा गरेको हो । सार्वजनिक पोष्टरमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । सक्षम सुवेदी निर्माता रहने चलचित्रमा सौरभ लामाको छायांकन रहनेछ। सुमन गजमेरको लेखन रहने चलचित्रका कलाकार सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्