A vertical shot of the black cat in the dark darkness

भक्तपुरबाट सुरु भयो ‘होस्टेल ३’ को छायांकन


‘होस्टेल’ चलचित्रका सिरिजले नेपाली चलचित्र क्षेत्रमा धेरै सफल कलाकारलाई जन्म दिएको छ। यहि फ्रेन्चाइजको तेस्रो श्रृंखलाको ‘होस्टेल ३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा मुहूर्त गर्दै आइतबार बिहानबाट छायांकन सुरु गरिएको हो। मुहूर्त सटमा चलचित्र मुख्य अभिनेता पारस बम (कुल ब्वाई) र अभिनेत्री सिम्रन पन्तले अभिनय गरेका थिए।

दुई चरणमा छायांकन हुने चलचित्रको पहिलो चरणको छायांकन २५ दिनसम्म भक्तपुरको बोडे क्षेत्रमा हुनेछ। दोश्रो चरणको छायांकन तिहारपछि हुनेछ। सशान कँडेलको डेव्यु निर्देशनमा तयार हुन् लागेको चलचित्रको प्रदर्शन मिति फागुन १६लाई तोकिएको छ। चलचित्रमा पारस र सिम्रनसहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँको अभिनय रहनेछ । अभिनेता आर्यन सिग्देलले होस्टेलको वार्डेनको भूमिकामा देखिँदैछन्। अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिका देखिँदैछन् ।

माधव शर्माको पटकथा तथा संवाद लेखन रहेको चलचित्रको निर्मातामा कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्मातामा शङ्कर कोइराला रहेका छन्।

प्रतिक्रिया दिनुहोस्