को हुन् केकीका पति रोहित, किन राखियो वैवाहिक समारोह यति गोप्य?


‘स्वर’ चलचित्रबाट नेपाली रजतपटमा पाइला टेकेकी अभिनेत्री केकी अधिकारी आफ्नो अभिनय र बौद्धिकताले सवैमाझ परिचित छिन्। शान्त स्वभाव, गहकिला तर्क र जीवन्त अभिनय गर्न सक्ने केकीको पहिचान हो। उनको रिल जीवन जति दर्शक र साथीमाझ खुल्ला छ, व्यक्तिगत जीवन उति नै अदृश्य। आफ्नो व्यक्तिगत जीवनलाई गोप्य राख्न चाह राख्ने केकीको जीवन साच्चै नै अदृश्य रहेको छ। उनका निकटका साथी पनि उनको प्रेम जीवनको खबरबाट निकै टाढा रहेका थिए। यतिसम्मकी उनको वैवाहिक जीवन पनि दर्शक र संचारकर्मीका लागी मात्र हैन उनका निकट साथीका लागी पनि सप्राइज रह्यो। व्यक्तिगत जीवन किन यति गोप्य राख्छिन् केकी भन्ने बिषयमा एकपटक हामीले उनकै सवैभन्दा निकट साथी रिमा विश्वकर्मालाई प्रश्न गरेका थियौ। उनको जवाफ थियो,’ आफ्नो व्यक्तिगत जीवन कति गोप्य राख्ने आफ्नो रोजाई हो। केकी एकदमै प्राइभेट बस्ने मान्छे हो। म एकदमै व्यक्तिगत रुपमा परिचित साथी हु तर पनि हरेक कुरालाई कसरी मिलाएर राख्ने त्यो कुरामा केकीबाट सिक्न जरुरी छ।’

केकीले आफ्नो व्यक्तिगत जीवनलाई गोप्य मात्र राखिनन् आफ्नो विवाहलाई समेत गोप्य राखिन्। सवैको लागी सप्राइज दिदै केकिले प्रेमी रोहित तिवारीसंग विवाह गरिन्। त्यो पनि अति नै गोप्य तरिकाले। यतिसम्म कि उनको बिहेमा आएका अतिथिको फोन समेत अफ गर्न लगाईएको थियो। एक अपार्टमेन्टमा उनको विवाह निकै भव्य तरिकाले सम्पन्न भएको वताइएको छ। पारिवारिक व्यक्तिको साथमा एकदम कम व्यक्तिको उपस्थिति विवाहमा थियो। केकीको इच्छा पनि यस्तै विवाहको थियो। उनि आफ्ना नजिकका साथीसंग पनि म यस्तो तरिकाले विवाह गर्छु जुन सुनेर सप्राइज तिमीहरु पनि हुनेछौ। उनले सोचेको जस्तै विवाह गरिन्। सवैलाई सप्राइज दिएर।

उनको मेहेन्दीको तस्विर हामीले सार्वजनिक गरेका थियौ। अत्यन्तै गोप्य श्रोतबाट तस्विर प्राप्त भएपछी केकिले विवाहको दिन आमन्त्रित पाहुनाको मोबाइल अफ गर्न लगाएको आशंका गरिएको छ। उनि आफै तस्विर सार्वजनिक गर्न चाहन्थिन्। विवाहको तस्विर त्यसै गरि सार्वजनिक गरिन्। विवाहको अफिसियल फोटोग्राफरसंग पनि उनले आफुले चाहेका र आफ्नो रोजाई बीना कुनै तस्विर सार्वजनिक नगर्ने सम्झौता सम्म गरेको खबर बाहिरिएको छ। यहि हो केकीको रोजाई अनि चाहना अनुसारको विवाह जुन उनले पुरा गरेकी छिन्।

को हुन् त केकीका पति रोहित तिवारी?

केकीका पति रोहित तिवारी व्यवसायी हुन्। हाम्रोबजार डटकमका सिईओ तथा फुडमारियोका सह-संस्थापक र सिईयो हुन् रोहित। उमेरले ३० पुगेका आफ्नै बलबुतामा व्यवसाय सुरुवात गरेका रोहित युवा उधमी माझ परिचित नाम हो। उनि फोबर्स अवार्ड विजेता हुन्। उनले २ बर्ष अगाडी ३० बर्ष मुनिका ३० एसियालीमा आफ्नो नाम फोवर्समा लेखाएका हुन्। उनि इलेक्ट्रोनिक इन्जिनियर र व्यवसायी हुन्। रोहित कलेज पढ्दै देखी व्यावसयिक बनेको उनको बारेमा रिसर्च गर्दा भेटिने गरेको छ। उनले सोलार कम्पनी सुरुवात गरेका थिए। बाख्रापालन व्यवसायमा पनि उनि सक्रिय रहेका थिए। लोडसेडिङको अन्त्यसंगै उनको सोलार कम्पनी घाटामा गएर बन्द भएको थियो। उनले विभिन्न योजना असफल भएपछी फुडमारियो सुरुवात गरेका थिए। उनले घरघरका भान्सामा पाकेका खानाको लागी वजारको व्यवस्थापन गरेका छन्।

व्यवायिक जीवनमा केकी पनि अव्वल मानिन्छिन्। अभिनयसंगै केकी निर्मात्रीको रुपमा सेमत रहेकी छिन्।

केकी र रोहितलाई हाम्रो तर्फवाट वैवाहिक जीवनको शुभकामना

प्रतिक्रिया दिनुहोस्