परिवारसंग केकीको जन्मदिन (फोटोफिचर)


अभिनेत्री केकी अधिकारी नेपाली चलचित्र क्षेत्रको सफल नाम हो। आफ्नो अभिनय कला र बौद्धिकताले दर्शक र सिनेमाकर्मीको मन जित्न सफल केकीले आफ्नो जन्मदिन परिवारसंग मनाएकी छिन् ।

पौष ३ गते आफ्नो जन्मदिन परे पनि पौष १ गते उनले आफ्नो जन्मदिन परिवारसंग मनाएकी हुन् । आफ्ना आमाबुबा, भाई संगै निकट साथी रिमा विश्वकर्मा र उनको परिवारको साथमा अन्य निकट व्यक्ति उनको जन्मदिनमा सरिक भएका थिए ।

‘स्वर’ चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गरेकी केकी लगातार आफ्नो अभिनय कलाले सवैलाई मोहित बनाएकी छिन् । कोहलपुर एक्सप्रेस’ बाट निर्मात्रीको रुपमा उदाएकी केकी कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ की निर्मात्री समेत हुन् ।

तस्विर: मिलन ढुंगाना

प्रतिक्रिया दिनुहोस्